काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको भ्रातृ संगठन अनेरास्ववियूले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूविरुद्ध अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियूले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरू भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । अनेरास्ववियूको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको…