चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रघाती र राष्ट्रवादीहरू सँगै कुम जोडेर उभिन नमिल्ने बताउनुभएको छ । मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले एमसीसी सम्झौता संसद्मा टेबल गरिसकेको भन्दै सरकारले ल्याएको प्रस्ताव पास गर्नु गठबन्धन दलहरूको दायित्व बन्ने बताउनुभयो । थापाले एमसीसीको पक्षमा मतदान नगर्ने दलहरू सरकारमा बसिरहन नमिल्ने पनि बताउनुभयो ।…