काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँ पनि गरेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरे पनि मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताउनुभएको हो ।…