म्याग्दी । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन नगद बाँडेको भन्दै गठवन्धनका उम्मेदवारविरुद्ध उजुरी परेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्विर गर्वुजा, प्रदेश (क) का उम्मेदवार रेशम जुग्जाली सुविन र प्रदेश (ख) का उम्मेदवार हरि भण्डारी विरुद्ध मतदाता प्रभावित बनाउन रकम बाँडेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ…