काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको हो । सांसद देवले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के…