काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरूमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताउनुभयो । सांसद भट्टराईले सरकारले कुनै पनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसुचित गर्न चासो नदिएको बताउनुभयो ।…