काठमाडौं । नेपालमा सबैभन्दा बढी राजनीतिक क्षेत्रमा खपत हुने शब्द हो– सुशासन । तर, कुशासन संस्कृतिका रूपमा मौलाउँदा मुलुक नयाँ राजनीतिक प्रणालीमा गएको वर्षौं भइसक्दा पनि भ्रष्टाचारले जताततै जेलिएको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल संसारका भ्रष्ट मुलुकहरूको १ सय १७औं स्थानमा छ । राजनीतिक प्रणालीले हरेक राज्यसत्तामा बसेका मानिसलाई भ्रष्टाचार गर्न प्रेरित…