प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सत्ता गठबन्धनको सहमति « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सत्ता गठबन्धनको सहमति

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

442
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावबारे छलफल भएको थियो । बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने विषयमा सबै शीर्ष नेताहरू सहमत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

अब बिहीबारको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ । निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते चुनावको मिति घोषणा गर्न परामर्श दिएको थियो । तर, गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ गते निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको हो ।

निर्वाचन आयोगका पदाधिकारीले गत २२ असारमा प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन गर्न सुझाव दिएको थियो । निर्वाचन आयोगले भने १२० दिनको निर्वाचन अवधि कायम राखेर मिति घोषणा गर्नुपर्ने माग गर्दै आएको थियो ।