काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै हुनुहुन्छ । भारतीय स्थल सेनाध्यक्ष पाण्डेले दिउँसो ३ बजे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसअघि मंगलबार बिहान उहाँले माउन्टेन फ्लाइट गर्नुभएको छ भने शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण…