काठमाडौं । सत्तागठबन्धनका दलहरुले प्रधानमन्त्री र मन्त्रीहरु आफू उम्मेद्वार भएको क्षेत्रबाहेक अन्यन्त्र निर्वाचन प्रचारप्रसारमा जान नपाउने निर्वाचन आचारसंहिता संशोधन गर्न निर्वाचन आयोगसंग माग गरेका छन् । बुधबार निर्वाचन आयोगले आचारसंहिता, समानुपातिक प्रणालीतर्फको उम्मेद्वारी दर्ता लगायतका विषयमा १२ राजनीतिक दलका प्रतिनिधिसंग आयोगमा गरेको छलफलमा गठबन्धन दलमा आबद्ध नेताहरुले प्रधानमन्त्री, मन्त्री अन्यत्र पनि चुनावी प्रचारप्रसारमा जान पाउनुपर्ने…