काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताउनुभएको छ । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औंपचारिक रुपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा जाने आफ्नो मूल एजेण्डाबारे प्रष्ट्याउनु भएको हो । राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको…