काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अबको वैकल्पिक राजनीतिक कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई मजबुत बनाउने…