काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार मुस्ताङ भ्रमणमा जाँदै हुनुहुन्छ । मुक्तिनाथको दर्शनसँगै भगवान् विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरणका लागि राष्ट्रपति भण्डारी मुस्ताङ जानु भएको हो । राष्ट्रपतिबाट मुक्तिनाथ नजिकै रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध…