काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानीकाे काम सम्पन्न भएकाे छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको हाे । आज बिहिबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकाेप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानीकाे काम सम्पन्न भएको आयोगले जनाएको छ ।
शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश-१ को मतपत्र ढुवानी सुरु हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ । यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने जनाइएको छ ।
जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ । शुक्रबारसम्म सबै मतपत्र छपाइ सकेर कात्तिक २५ गतेसम्ममा हरेक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुग्ने आयोगले जनाइको छ ।
प्रतिक्रिया दिनुहोस्