काठमाडौं । दशैं र तिहार जस्ता महत्वपूर्ण चाडपर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेला सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत जान थालेका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन दुई साता बाँकी रहँदा उम्मेदवारहरु मतदाता रिझाउन गाउँगाउँ गएका छन्…