काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनलाई तोडेर बामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनुपर्ने बताउनुभयो । लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा उपमहासचिव गुरुङले मुलुकमा प्राप्त उपलब्धि रक्षा…