काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगका अनुसार बन्दसूची बुझाउनेमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्नमा र १० वटा दलले चारवटा साझा ९एकल० चुनाव चिह्नमार्फत निर्वाचनमा सहभागी हुने गरी सूची दर्ता गरेका हुन् । संविधानअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ…