काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको…