१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषय होइन : महरा


91
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्ने बताउनुभयो । उहाँले माओवादी जनयुद्धकालीन केही नेताहरु नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरु माओवादीमा फर्किन सकारात्मक रहेको बताउनुभयो । उहाँले कम्युनिष्टहरुमा व्यवहार र सिद्धान्त बिर्सिने रोग रहेको जिकिर गर्नुभयो ।

उपाध्यक्ष महराले पूर्वमाओवादीहरुबीच सके पार्टी एकता र नसके कार्यगत एकता हुनुपर्ने कुरामा आफूले जोड दिइरहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चा बनाउने आफ्नो उद्देश्य सफल हुने विश्वास व्यक्त गर्नुभयो ।