Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


पार्टी कार्यालय जाँदै गर्दा बाटाेमा घनश्याम भूसाल बेहोस

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएकाे छ । उहाँ पार्टी कार्यालय जाँदै गर्दा आफैँले गाडी हाँकिरहेको अवस्थामा बानेश्वर पुग्दा बेहोस भएको बताइएको छ । बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार उहाँको स्वास्थ्य सामान्य रहेको छ ।