काठमाडौं । बिहीबारदेखि सुरू भएको नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शनिबार सकिँदै छ । शनिबारको बैठकमा समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित ९ महिनापछि बसेको केन्द्रीय कमिटीको बैठक समापन हुनेछ । केन्द्रीय कमिटी…