काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उहाँले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गर्नुभयो । “आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि…