Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


पहुँचवाला मन्त्री र सांसदले आफ्नो क्षेत्रमा मात्रै बजेट पारे : सांसद शेर्पा

काठमाडौं । राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेका बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताउनुभएको हो । उहाँले हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको बताउनुभयो…