काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडि बढ्नेमा आशंका व्यक्त गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गर्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडि बढ्ला भन्ने कुरामा शंका गर्ने…