फागुन २५ गते नेपालको सबैभन्दा ठूलो पदका लागि निर्वाचन हुन लागेको छ र हाम्रालागि त्यो एउटा महोत्सव पनि हो । गणतन्त्रात्मक राज्यप्रणालीमा आलंकारिक या संवैधानिक जे भए पनि राष्ट्रको अभिभावक छान्ने काम हुँदैछ र दुवै पात्रहरु उस्तै योग्य देखिएका छन् । त्यसमा पनि आठदलीय मोर्चाले प्रस्तुत गरेका पात्र वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेलको पात्रता गहन मानिन्छ…