काठमाडाैं । सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तार र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगो लगाउने विषयमा छलफल भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा संसद्लाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार र पार्टीलाई अगाडि बढाउने विषयमा छलफल भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्नेबारे…