काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई जिताउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो । केन्द्रीय कार्यालयका अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा…