काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताउनु भएको छ । मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा नेपाली पत्रकारहरुसँग संवाद गर्दै प्रधानमन्त्री दाहालले मोदीसँग तीन पटक एक्लाएक्लै संवाद गरेपछि वातावरण सहज बनेको बताउनुभयो । 'परिस्थिति बिग्रेला जस्तो भईसकेको थियो, मोदीजीसँगको निरन्तर भेटले…