काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । मदन भण्डारीकी धर्मपत्नीसमेत रहनुभएकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गर्नुभएको थियो । यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति…