काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले नक्कली भुटानी शरणार्थी बनाएर…