काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताउनुभएको छ । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो । मंगलबार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सत्ता टिकाउने…