काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण पूर्णरूपमा सफल भएको दाबी गर्नुभएको छ । मन्त्री साउदले आर्थिक र कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको तर्क गर्नुभयो । चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्वपूर्ण भएको उहाँको भनाई थियो । उहाँले दुई देशका बीच भएका समझदारी र सम्झौताहरू…