काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ । शनिबारबाट काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पार्नुभएको राजनीतिक प्रतिवेदनको मस्यौता प्रस्तुत गर्नुभएको हो । त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव…