काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दाहालमाथि आफूहरुको विश्वास नभएको बताउनुभयो । माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर दाहालले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उहाँको आरोप छ । हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि…