काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट पारित अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्तावका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहालले सो संकल्प प्रस्तावमा जनाउनु भएको प्रतिवद्धतासमेतको आधारमा सम्बन्धित मन्त्रालय, निकाय र सरोकारवालाहरुले एकीकृत कार्य योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको…