काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लड्नुपर्ने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राजनीतिक दलका दुश्मन भएको भन्दै त्यसका विरुद्धमा साझा रुपमा लड्नुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी यिनै…