वकाठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस र २९ औं साधारण सभालाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नेपालमा गैंडा र बाघको तस्करी बढीरहकोप्रति दुःख व्यक्त गर्नुभयो ।…