काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा शशांक कोईरालाले चिनियाँ राजदुत छन् सोङले केहिदिन अगाडि दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताउनुभएको छ । आइतबार नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताउनुभयो । कोईरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा…