काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता ढकालले यस्तो बताउनुभएको हो । नेता ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभइ रवि लामिछाने क्लबबाट मात्रै निस्कषन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताउनु भयो ।…