काठमाडौ। अवलोकितेश्वर भएको महासिद्व थाङ् तोङ् ग्याल्पोको पोथी कुकुरका रुपमा भएको जन्मको अस्थिधातु सर्वसाधारणको लागि प्रदर्शन गरिएको छ । शुक्रबार काठमाडौंको फर्पिङस्थित क्याब्जे पेनोर रिन्पोछेको कुदुङ स्तुपामा भगवान् बुद्ध पृथ्वीमा अवतरण गरेको सङ्कासय दिवसका अवसरमा अस्तिधातु प्रदर्शन गरिएको हो । महासिद्व ग्याल्पोको १२ औं पुस्ताको परिवारले अस्थिधातु प्रर्दशनको लागि दिएको हो । साथै सारिपुत्र र…