काठमाडौं, पुस ४ । भूकम्पले भत्काएको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्डको पुनर्निर्माण सकिएको छ । तर चीन सरकारको उदासिनताका कारण तातोपानी नाका खुल्न सकेको छैन । तातोपानीको लिपिङसम्म पूर्णरुपले सडक जोडिएको महिनादिन बितिसक्दा पनि नाका खुलाउन नेपाल र चीन सरकारका प्रतिनिधिको बैठक बस्न सकेको छैन । बाह्रबिसेदेखि लिपिङ मितेरी पुलसम्मको २६ किमि सडकमा पूर्ण रुपले…