सडक खुलेको महिना दिन बित्दा पनि तातोपानी नाका खुलेन « Image Khabar


सडक खुलेको महिना दिन बित्दा पनि तातोपानी नाका खुलेन


Imagekhabar
४ पुष २०७३, सोमबार ०७:०९

काठमाडौं, पुस ४ । भूकम्पले भत्काएको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्डको पुनर्निर्माण सकिएको छ ।

तर चीन सरकारको उदासिनताका कारण तातोपानी नाका खुल्न सकेको छैन ।

तातोपानीको लिपिङसम्म पूर्णरुपले सडक जोडिएको महिनादिन बितिसक्दा पनि नाका खुलाउन नेपाल र चीन सरकारका प्रतिनिधिको बैठक बस्न सकेको छैन । बाह्रबिसेदेखि लिपिङ मितेरी पुलसम्मको २६ किमि सडकमा पूर्ण रुपले सवारीसाधन आवतजावत गर्नसक्ने भएको छ ।

सडकको अवस्था पहिलेभन्दा राम्रो बनिसक्दा पनि नाकामा सीमा सुरक्षाका लागि बसेको सशस्त्रबाहेक अन्य निकायका कर्मचारी गएका छैनन् । लिपिङबाहेक तातोपानीको अन्य बजारक्षेत्रका स्थानीय घर फर्किसकेका छन् । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्