१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


द्वन्द्वको चपेटामा परेको अफगानिस्तानभन्दा पनि नेपालको अर्थव्यवस्था नाजुक


0
Shares

काठमाडौं, पुस ३ । नेपालले अहिले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्व गरिरहेको छ । तर विश्व मानचित्रमा आफ्ना दक्षिण एसियाली छिमेकीको तुलनामा नेपाल आर्थिक–सामाजिक क्षेत्रमा कमजोर रहेको तथ्यांकहरुले देखाएका छन् ।

आर्थिक वृद्धिदर : नेपाल सबैभन्दा कमजोर

आर्थिक वर्ष २०७२/७३ मा नेपालको आर्थिक बृद्धि ०.७७ प्रतिशतमात्र रह्यो । छिमेकी मुलुक भारतले गत आर्थिक वर्षमा ७.३ प्रतिशतको आर्थिक बृद्धि हासिल गरेको छ भने माल्दिभ्सले ६.७ प्रतिशतको । द्वन्द्वग्रस्त अफगानिस्तानमा समेत सन् २०१५ मा २.१ प्रतिशतको आर्थिक बृद्धि भएको छ ।

प्रतिव्यक्ति आय : नेपाल नै पछाडि

सन् २०१५ मा नेपालको प्रतिव्यक्ति आम्दानी ६ सय ९० अमेरिकी डलर छ । यो दक्षिण एसियामा दोस्रो कम हो । नेपालको भन्दा कम प्रतिव्यक्ति आम्दानी अफगानिस्तानको (६ सय २४ अमेरिकी डलर) छ । दक्षिण एसियामा सबैभन्दा धेरै प्रतिव्यक्ति आम्दानी माल्दिभ्सको ७ हजार १ सय ६१ डलर छ । भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ८ सय ६ अमेरिकी डलर छ । –नयाँ पत्रिका दैनिकबाट