यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँगको छलफलपछि रुट इजाजत खुल्ला गर्ने निर्णय भएको हो । यो निर्णयपछि विभागले सबै यातायात कार्यालयहरुमा परिपत्र गरेको छ । कम्पनी वा फर्ममार्फत पन्जीकरण भएर आएका व्यवसायीले मागे अनुसारकै रुट इजाजात वितरण गर्न भन्दै देशभरका यातायात कार्यालयलाई पत्रचार गरिएको विभागका महानिर्देक रुपनारायण भट्टराईले जानकारी दिए…