Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


१५ वर्षीय साली बलात्कार गरेको आरोपमा पक्राउ

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीय साली बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घलेले गत वैशाखदेखि फागुनसम्ममा ती बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । घलेलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –नागरिक दैनिकबाट