ओली र मोदीबीच तीन घण्टाभन्दा बढी छलफल हुने • Image Khabar Image Khabar


ओली र मोदीबीच तीन घण्टाभन्दा बढी छलफल हुने


Imagekhabar
२३ चैत्र २०७४, शुक्रबार ०६:३१

ओली र मोदीबीच तीन घण्टाभन्दा बढी छलफल हुने

                                            फाइल फोटो

मोदीको निमन्त्रणामा ओलीको यो भारतको दोस्रो राजकीय भ्रमण हो ।

संविधान जारी भएपछि भारतसँग सम्बन्ध बिग्रेको र अझै पनि सुमधुर हुन नसकेको अवस्थामा दुई प्रधानमन्त्रीबीच हुने लामो भलाकुसारीले सम्बन्ध सहज हुने अपेक्षा कूटनीतिक अधिकारीहरूको छ । पटकपटक गरेर उनले यसरी भेट्न लागेका हुन् । सबै छलफलमा यसअघि भएका सम्झौता कार्यान्वयनमा नै प्रधानमन्त्री ओलीले जोड दिने बताइसकेका छन् ।

तीन मन्त्री र ९ सांसदसहित ४५ सदस्यीय सरकारी र अन्य उद्यमी व्यवसायीहरूसहित नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट शुक्रबार बिहान १०ः४५ बजे प्रधानमन्त्री ओली तीनदिने भ्रमणका लागि दिल्ली ओर्लने छन् । निर्वाचनपछि शक्तिशाली प्रधानमन्त्रीका रूपमा दरिएका ओलीलाई मोदीले निकै महत्त्व दिएको विज्ञहरूले बताएका छन् । बिहान राष्ट्रपति भवनमा एकपटक र हैदराबाद हाउसमा दुईपटक मोदीले ओलीसँग भेट गर्नेछन् । बैठकपछि संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा पनि मोदी ओलीसँगै हुनेछन् । द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन नै यो भ्रमण केन्द्रित हुने दुवैतर्फबाट बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिने कार्यक्रम छ । सम्मान गारतअगावै मोदीले उनलाई स्वागत गर्ने अधिकारीहरूले बताएका छन् । उनले मोदीसँग छलफल गरेपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्रीलाई स्वागत गर्न इन्दिरा गान्धी विमानस्थलमा आउने भारतीय मन्त्रीको नाम खुलाइएको छैन । प्रधानमन्त्री मोदीले विमानस्थलमा कुनै ‘सरप्राइज’ दिन सक्ने अनुमान गरिएको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्