काठमाडौं, असोज ६ । नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौंलगायत मुख्य शहरमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले विशेषगरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ । महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो स्वस्थ्य छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका पशुको सिङमा…