काठमाडौं । चारजना किशोरकिशोरी अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा रहेकी दिदीको घरमा हिंडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए ।
हिंडिरहेका बेला ट्याक्ट भेटेपछि त्यसमै चढे । पहिरोका कारण ट्याक्टर गन्तब्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका–६ घारमा धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो ।
ठाउँ एकान्त थियो । रात परिसकेकाले उनीहरु अलमलमा परे । बास खोज्दै गर्दा गाँजा/चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नवीन परियारको नजर १५ बर्षे किशोरीमाथि पर्यो ।
उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्क्याउँदै हातपात गर्न खोजे । आक्रमण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएको बाटो भागे । युवाले भवानीथानसम्म लखेटे । भाग्दै गरेकी १५ बर्षीया किशोरीलाई मुख थुन्दै एकान्ततिर लगे ।
बत्तीको उज्यालोले बाँकी तीन बालबालिकामा साहस आयो । उनीहरु स्थानीयको घरमा पुगे । रातको समयमा रुँदै कराउँदै आएका अपरिचित किशोरकिशोरी देखेपछि स्थानीय लीलबहादुर खड्काले सोधीखोजी गरे ।
उनीहरुले आफूहरुमध्येकै एक जनालाई तीनजनाले मुख थुनेर अपहरण गरी लगेको बताए । त्यसपछि अरु स्थानीय भेला भए र बालिका खोज्दै हिंडे ।
उनीहरुले सडक मुनीको एक खाली गोठमा बालिका रोएको सुने । उनीहरु त्यहाँ पुग्दा बालिका बलात्कृत भइसकेकी थिइन ।
तीनजना मध्ये नवीन र अर्जुन भागेको स्थानीयले देखे । तत्काल घार प्रहरीमा खबर गरे । प्रहरीले बालिका उद्धार गरी चौकी लैजाने क्रममा बाटोमै बलात्कारमा संलग्न युवालाई पक्राउ गरी चौकी पुर्यायो । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्