काठमाडौं, असोज ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीकर्तालाई आपूर्ति सहज बनाउन निर्देशन दिएको छ ।
निगमको निर्देशन पालना नगर्ने ट्यांकर चालकलाई हटाउनेसमेत निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चालकलाई सूचना जारी गर्दै हटाउने चेतावनी दिएको हो ।
ढुवानीकर्ता र ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ आपूर्ति सहज र सरल बनाई आपूर्ति व्यवस्था मिलाउन निगमले कडा निर्देशन दिएको हो । –नेपाल समाचारपत्रबाट
प्रतिक्रिया दिनुहोस्