काठमाडौं । नेपाल वायुसेवा निगमको आइतबार विहानको दुवई–काठमाडौं उडान ४ घण्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावहाकप्रति आत्मीयता राख्ने यात्रूकै विचल्ली भएको छ । दुवईको स्थानीय समयअनुसार विहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँमा अवतरण गर्नुपर्ने थियो तर निगमको लापरवाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौं ओर्लिएको थियो । हवाई उडानको मार्ग पहिल्याउन तथा…